काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो ।
बैठक अपराह्न ४ बजेका लागि तय भएकोमा देउवा साढे ४ बजेमात्रै बालुवाटार पुगेका र त्यसलगत्तै बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।
कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया