ईन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छुं : मन्त्री पाण्डे

ईन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छुं : मन्त्री पाण्डे



काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्र जात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भईसकेको बताएका छन् । सोमबार ईन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
 
त्यसै गरी मन्त्री पाण्डेले  ईन्द्रजात्राको  अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन् । सो अवसरमा ईन्द्र जात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए । 

जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । ईन्द्र जात्रा आगामी असोज एक गते मनाईने भएको छ ।