अरनिको यातायातद्वारा दसैंलाई लक्षित अग्रिम टिकट बुकिङ खुला

अरनिको यातायातद्वारा दसैंलाई लक्षित अग्रिम टिकट बुकिङ खुला



काठमाडौं । अरनिको यातायातले दसैंलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

गत भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको हो ।

सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।

अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रूकुम, रोल्पा, बाग्लुङ लगायत जिल्लामा चल्छन् ।