सरकारलाई प्रभावकारी बनाउने सत्तासाझेदार दलहरूको निर्णय

सरकारलाई प्रभावकारी बनाउने सत्तासाझेदार दलहरूको निर्णय



काठमाडौं । सत्तासाझेदार दलहरूकाे बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकारको कामलाई प्रभावकारी बनाएर जाने निर्णय गरेको हो ।

बैठकमा संसद् र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सत्तारुढ दलको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने, ‘सरकार र संसदको कामलाई कसरी अगाडि बढाउने, कसरी सन्तुलित, व्यवस्थित ढंगबाट अगाडि बढाउने र सरकारका समग्र कामहरुमा सत्ता पक्ष कसरी एकीकृत धारणाका साथ अगाडि बढ्ने विषयमा बैठकमा छलफल भयो ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको भावना विपरीत नबोल्ने बताएका छन् ।