पोखरा । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।
सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा कालाे झण्डा देखाएका हुन् ।
लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका कारण सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया