काठमाडौं । नेप्से बुधबार सहित लगातार छैठौ दिन पनि घटेको छ । गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले आज पनि निरन्तरता पाएको हो ।
आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकममा पनि गिरावट आएको छ ।
मंगलबार सात अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा यस दिन छ अर्ब ८५ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३९ करोड रूपैयाँ कमी भएको हो ।
यसदिन ३१७ वटा धितोपत्रको एक करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया