काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हराएको हो ।
आर्मीको जीतमा बिमला चौधरी, अमिशा कार्की र सन्जी थिङले समान एक गोल गरे । यो जीतसँगै आर्मीले चार खेलबाट नौ अंक बनाएर तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको बाग्मतीले एउटा मात्रै खेल जितेको छ । बागमती तीन अंकसहित तालिकाको सातौं स्थानमा छ ।
प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले वालिङ नगरपालिका र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।
प्रतिक्रिया