बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएका अन्य दुई जनाको परिचय खुल्न बाँकी छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । उनले भने, ‘दुर्घटना स्थलमा उहाँ (भुपेन्द्रा बुढा)को परिचय पत्र भेटिएको छ । उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । १० दिनअघि काठमाडौं आएकी बुढा जिल्ला फर्कने क्रममा दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष पुनीराम घर्तीले बताए । अन्यको सनाखत हुन बाँकी छ ।’

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा उपाध्यक्षसहित पालिकाका केही कर्मचारीहरू सवार रहेको बताइएको छ ।