जलन उपचारका लागि एक लाख रुपैयाँ सहायता दिने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

जलन उपचारका लागि एक लाख रुपैयाँ सहायता दिने स्वास्थ्यमन्त्री पौडेलको घोषणा



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन् ।

सरकारले क्यान्सर, मृगौलालगायतका रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता छ । स्वास्थ्यमन्त्री पौडेलले उपचारको अभावमा जलनमा परेकाले ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा सरकारले उपचारका लागि केन्द्र स्थापना गरेको बताए ।