राजदुतबारे निर्णय गर्ने संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

राजदुतबारे निर्णय गर्ने संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो । तर, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो ।

तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो । यसअघि सुनुवाई गरेको समितिले आज निर्णय गर्ने कार्यसूची रहेको थियो ।