काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबारलाई निःशुल्क गर्न पहल गर्ने बताएका हुन् ।
यस विषयमा सेवाग्राहीबाट फेसबुकमार्फत आफूलाई जानकारी आएको सामाजिक सञ्जालमा उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उनले समस्याहरू सरकारलाई यसरी नै जानकारी गराउन र झकझकाउन आग्रह गरेका छन् ।
इन्टरनेटको सहजसँगै सानो सानो कारोबार नगदरहित हुन थालेको तर मोबाइल बैंकिङ ट्रान्सफर गर्दा अतिरिक्त शुल्क लाग्ने गरेको गुनासोपछि प्रधानमन्त्री ओलीले सरकारले डिजिटल कारोबारमा सहजतातर्फ काम गर्दै जाने बताएका छन् ।
प्रतिक्रिया