बार्सिलोनाको अपराजित यात्रा जारी

बार्सिलोनाको अपराजित यात्रा जारी



काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा जारी राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ४–१ गोलले हरायो ।

बार्सिलोनालाई जिताउन युवा स्टार लामिन यमलले ३०औँ र ३७औँ दुई गोल गरे । ड्यानी ओल्मोले दोस्रो हाफको सुरुवातमा र पेड्रीले ६४औँ मिनेटमा एक एक गोल गरेका थिए । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले ८०औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

लगातार पाँचौँ जितसँगै १५ अंक बनाएको बार्सिलोना शीर्षस्थानमा छ । पराजित जिरोना समान खेलबाट सात अंक जोड्दै सातौँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० गोलले हरायो । घरेलु मैदानमा सहज जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ ।

एट्लेटिकोले पाँच खेलबाट ११ अंक बनाएको छ । पराजित भ्यालेन्सिया एक अंकसहित अन्तिममा छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र भिल्लारियलको पनि समान ११ अंक छ ।