प्रबुद्ध माध्यमिक विद्यालयका हेडसर एक सातादेखि सम्पर्कविहिन

प्रबुद्ध माध्यमिक विद्यालयका हेडसर एक सातादेखि सम्पर्कविहिन


ग्लोब नेपाल
351
Shares

काठमाडौं । ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका–७ च्यानममा रहेको प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा एघार दिनदेखि सम्पर्कविहिन छन् । निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतले जारी गरेको विज्ञप्तिअनुसार प्रधानाध्यापक खतिवडा विद्यालयको कामको सिलसिलामा भदौ १६ गते राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान गएका थिए ।

त्यसपछि खतिवडा पारिवारिक भेटघाटका लागि काठमाडौं पुगी भदौ २१ गते बिहान विद्यालय हिडेका थिए । विद्यालय जानुअघि उनले परिवारसँग विदा मागेर घरबाट निस्केका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद अधिकारीकाले भने, ‘घरबाट विदा भएर निस्केपछि प्रधानाध्यापक खतिवडा सम्पर्कमा छैनन् ।’

विद्यालय व्यवस्थापन समितिको भदौ ३१ गते सोमबार बसेको बैठकले प्रधानाध्यापक खतिवडालाई जतिसक्दो चाँडो विद्यालयमा हाजिर हुन अनुरोध गर्दै खोजीका लागि सहयोग गरिदिन सार्वजनिक सूचना प्रकाशित गरेको छ । कुनै पनि महानुभावहरुले फेला पारेमा अध्यक्ष अधिकारीको मोबाइल नम्बर ९८५२८४०२४२ र वडाध्यक्ष चेतबहादुर कटवालको मोबाइल नम्बर ९८६२८४८२०३, निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतको मोबाइल नम्बर ९८६३५४०३९३ अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन बैठकले अनुरोध गर्ने निर्णय गरेको छ ।