लुम्बिनी प्रदेशका कांग्रेस सचेतक गिरीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका कांग्रेस सचेतक गिरीद्वारा राजीनामा



बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् ।

राजीनामा पत्रमा गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेकी छन् ।

गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो ।