मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन



गाेरखा । मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुनेछ ।

स्तरोन्नति र मुख्य तारको लट्ठा फेर्नका लागि गएको असार ३१ गतेदेखि केबलकारको सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिको माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तराेन्नति गर्ने कार्य सम्पन्न भई सञ्चालनमा ल्याइएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई दृष्टिगत गर्दै अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपन्तरण गर्ने कार्य सम्पन्न भई मनकामना केबुलकार नियमित सुचारु भएको नायब महाप्रबन्धक उज्जल सेरचनको भनाइ छ ।