काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफलाई जित दिलाउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । सरुले खेलको १३औँ मिनेटमा गोल गरिन् । त्यस्तै, अनिताले ५०औँ र सविताले खेलको ६४औँ मिनेटमा गोल गरेकी थिइन् ।
जितसँगै ६ खेलमा १६ अंक जोड्दै एपीएफ तालिकाको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको पाँच अंक छ ।
प्रतिक्रिया