इंगल्यान्डका लिभिंगस्टोन बने विश्वको नम्बर एक टी–२० अलराउन्डर

इंगल्यान्डका लिभिंगस्टोन बने विश्वको नम्बर एक टी–२० अलराउन्डर



काठमाडौं । इंगल्यान्डका लायम लिभिंगस्टोन टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा लिभिंगस्टोन एकैपटक ७ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यो वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोइनिस र जिम्बावेका सिकन्दर राजा समान १ स्थान तल झर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा झरेका छन् । नेपालका दीपेन्द्रसिंह ऐरी १ स्थान तल झर्दै आठौं स्थानमा झरेका छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इंगल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा दीपेन्द्रसिंह ऐरी १ स्थान तल झर्दै ४६ औं स्थानमा झरेका छन् ।

यस्तै टी–२० बलिङ वरीयतामा इंगल्यान्डका आदिल रशिद शीर्ष, वेस्ट इन्जिडका अकेल होसेन दोस्रो र अफगानिस्तानका रशिद खान तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी समान १ स्थान तल झर्दै क्रमशः ९४ औं र ९८ औं स्थानमा झरेका छन् ।

यस्तै टी–२० टिम वरीयतामा भारत, अस्ट्रेलिया र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।