आत्मसमर्पण गर्दै दुर्गा प्रसाईं

आत्मसमर्पण गर्दै दुर्गा प्रसाईं


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आत्मसमर्पणको तयारी गरेका छन् । उनले आफूले अदालतको आदेश मान्ने बताए । ‘सम्मानित अदालतको आदेशको म सम्मान गर्छु’, युटुबरहरुसँग कुरा गर्दै प्रसाईंले भनेका छन् ।

सरकारले गरिब र उत्पीडितका पक्षमा बोल्दा आफूसँग पूर्वाग्रह राखिएको भए पनि आफू नभाग्ने उनको भनाइ थियो । प्रसाईंले आफू कहाँ आउनुपर्ने हो भन्नेबारे सोध्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई टेलिफोन गरेको तर, फोन नउठेको दाबी गरे ।

‘म कहाँआउनुपर्ने हो भन्नका लागि आइजीपी साबलाई फोन गरेको थिएँ । उहाँले उठाउनु भएन । अहिलेको अवस्थामा मसँग कुरा गर्न उहाँलाई अप्ठेरो भएर होला’, प्रसाईंले भने ।

काठमाडौं जिल्ला अदालतले बुधबार साइबर अपराधमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आफ्ना कानून व्यवसायीहरुसँग परामर्श गरेर प्रहरीको सम्पर्कमा जाने प्रसाईंले बताएका छन् ।