पत्रकार महासंघको निर्वाचन स्थगित

पत्रकार महासंघको निर्वाचन स्थगित


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो ।

त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर, नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।