आर्मीले चन्द्रपुरलाई १० गाेलले हरायाे, चन्द्रा र अमिशाकाे ह्याट्रिक

आर्मीले चन्द्रपुरलाई १० गाेलले हरायाे, चन्द्रा र अमिशाकाे ह्याट्रिक



काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई हराएकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोलले हराएको छ । पहिलो हाफमा ५ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ५ गोल गर्‍याे । आर्मीकी चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरिन् । यस्तै हिमा चौधरी, दीपा शाही, अञ्जना राना मगर र शर्मिला थापा मगरले समान १ गोल गरे ।

यो जीतसँगै आर्मी ७ खेलमा १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चन्द्रपुर ७ खेलमा ७ अंकसहित छैटौं स्थानमा छ ।

रश्मी घिसिङले ५ गाेल गर्दा काेशीमाथि एपीएफकाे फराकिलाे जीत

त्यसैगरी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई ८–० गोलले हरायो । पहिलो हाफमा २ गोल गरेको एपीएफले दोस्रो हाफमा थप ६ गोल गर्‍याे । एफीएफका लागि रश्मीकुमारी घिसिङले ५ गोल गरिन् । यस्तै अनिता बस्नेतले २ र अनिता केसीले १ गोल गरे ।

यो जीतसँगै एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ ७ खेलमा १९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । कोशी ७ नै खेलमा १० अंकसहित पाँचौं स्थानमा छ ।

एन्फा महिला लिगमा आजै त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्सको मैदानमा अहिले दिउँसो साढे ३ बजे खेल्दैछन् । आर्मी तालिकाको दोस्रो र चन्द्रपुर छैटौं स्थानमा छ ।