इजरायल र हिजबुल्लाहबीच संघर्ष, लेबनानमा भीषण बमबारी

इजरायल र हिजबुल्लाहबीच संघर्ष, लेबनानमा भीषण बमबारी



काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा भीषण आक्रमण गरेको छ । दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने धेरै सैन्य भवनहरूमा इजरायलले आक्रमण गरेको हो ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजराइलले पेजर र वाकी-टकी विस्फोट गराएर गरेको आक्रमणको कडा जवाफ दिने चेतावनी दिएलगत्तै इजराइलले बेरुतमा भीषण बमबारी गरेको हो ।

सुरुमा इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायलमा रकेट प्रहार भएको बताएको थियो । लेबनानबाट उत्तरी इजरायलमा १ सय ४० रकेट प्रहार गरिएकोमा वायु रक्षा प्रणालीले १ सय २० वटालाई नष्ट पारेको इजरायली सेनाको दाबी छ ।

त्यसपछि इजरायलले लेबनानमा आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।