सामाजवादी मोर्चाद्वारा सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना

सामाजवादी मोर्चाद्वारा सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना


ग्लोब नेपाल
0
Shares

काठमाडौं । समाजवादी मोर्चाले सातवटै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मोर्चाले मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर सबै प्रदेशमा प्रहिशक्षण कार्यक्रम आयोजना गरेको हो ।

प्रशिक्षणमा मोर्चामा आवद्ध सबै दलका शीर्ष नेताले प्रशिक्षण दिने नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले जानकारी दिए ।

वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको महालले बताए । हमालका अनुसार विभिन्न समूहमा छरिएर रहेका वामपन्थी शक्तिसँग अनौपचारिक छलफलसमेत भइरहेको छ ।