काठमाडौं । बागमती युथ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा बागमतीले कर्णालीलाई १–० गोलले हरायो । बागमतीको जितमा गिफ्टी अचेमपोङले इन्जुरी समयमा निर्णायक गोल गरिन् ।
जितसँगै बागमतीले सात खेलबाट सात नै अंक बनाएको छ । पराजित कर्णालीले समान खेलबाट चार अंक बनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।
प्रतिक्रिया