प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता


ग्लोब नेपाल
162
Shares

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।

भेटपछि मोदीले एक्समार्फत ओलीसँगको भेटको तस्बिर साझा गरेका छन् । भेटमा आफूहरुबीच ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्धामा छलफल भएको मोदीले बताएका छन् ।

‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेटघाट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं’, मोदीले भनेका छन्, ‘ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित रहेर हामीले छलफल गरेका छौं ।’

भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जवाफमा मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।