सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त



सुर्खेत । कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् ।

गए राति वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । आफन्तले आन्दोलन गरेपछि अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।