सुदूरपश्चिमकाे पाेस्टमा एपीएफकाे १९ गाेल

सुदूरपश्चिमकाे पाेस्टमा एपीएफकाे १९ गाेल



काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई १९–० गोलले हरायो । एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रीति राईले ह्याट्रिक, सबिता राना मगर र कुसुम खतिवडाले समान दुई गोल गरे । यस्तै सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे । एपीएफले दुई गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै एपीएफ ८ खेलमा अविजित रहँदै २२ अंकका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम लगातार आठ हारसहित अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

एन्फा महिला लिगमा आज भएकाे पहिलाे खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल १–१ गाेलकाे बराबरीमा सकिएको छ । बराबरीसँगै कोशी ८ खेलमा ११ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । चन्द्रपुर ७ खेलमा ८ अंकसहित सातौं स्थानमा छ ।