जनमतले सोध्यो ४ जना केन्द्रीय सदस्यसहित नौ जनालाई स्पष्टीकरण

जनमतले सोध्यो ४ जना केन्द्रीय सदस्यसहित नौ जनालाई स्पष्टीकरण



काठमाडौं । जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित नौ जनालाई स्पष्टीकरण सोधेको छ । ५ असोजमा जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोधिएका केन्द्रीय कार्यकारिणी सदस्यमा सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् । त्यस्तै, पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत यादव, साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहलाई पनि स्पष्टीकरण सोधिएको छ । उनीहरूले सात दिनभित्र सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पर्नेछ ।