एन्फा महिला लिगमा बाग्मती युथले संकटालाई हरायाे

एन्फा महिला लिगमा बाग्मती युथले संकटालाई हरायाे



काठमाडौं । एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले संकटा क्लबलाई हराएकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा बाग्मथी युथले संकटालाई ३–१ गोलले हरायो । बाग्मती युथका लागि गिफ्टी एचेम्पोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे । संकटाका लागि टेमिलोप जेनिफरले गोल गरिन् ।

यो जीतसँगै बाग्मती युथ ८ खेलमा १० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । संकटा क्लब ८ खेलमा ८ अंकसहित सातौं स्थानमा छ ।

एन्फा महिला लिगमा आज भएकाे पहिलाे खेलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाकाे वालिङ नगरपालिकालाई आठ–शून्य गाेलले हरायाे । यो जीतसँगै आर्मी ८ खेलमा १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अंकसहित चौथो स्थानमा छ ।