एन्फा महिला लिग : कर्णालीमाथि पुलिसको सहज जित

एन्फा महिला लिग : कर्णालीमाथि पुलिसको सहज जित



काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिसले कर्णालीलाई ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा पुलिसको जितमा निर्मला उपाध्यायले ४३औँ, मनीषा राउतले ५४औँ र सम्झना लावतीले ८२औँ मिनेटमा गोल गरे ।

जितसँगै पुलिस तेस्रो स्थानमा छ । पुलिसले आठ खेलबाट १८ अंक बनाएको छ । पराजित कर्णाली चार अंकसहित नवौँ स्थानमा छ ।