लेबनान–इजरायल सीमामा २१ दिने युद्धविराम गर्न अमेरिका र युरोपेली संघको आह्वान

लेबनान–इजरायल सीमामा २१ दिने युद्धविराम गर्न अमेरिका र युरोपेली संघको आह्वान



काठमाडौं । युक्त राज्य अमेरिका, युरोपेली सङ्घ र सहयोगी राष्ट्रले इजरायल र लेबनानमा रहेको हिजबुल्लाह बीचको युद्ध तीव्र भएपछि अस्थायी युद्धविरामको आह्वान गरेका छन् ।

११ देशको समूहले तत्काल २१ दिनको लागि लेबनानमा युद्धविराम गर्न प्रस्ताव गरेको हो । उनीहरुले कूटनीतिक समाधानको निष्कर्षतर्फ जानका लागि गाजामासमेत युद्धविराम गर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

संयुक्त वक्तव्य निकालेर उनीहरूले दुई देशबीचको शत्रुताले निम्ताएको युद्ध इजरायल र लेबनानका दुवैतर्फका नागरिकको हितमा नरहेको बताएको छ ।

यसअघि इजरायलका सैन्य प्रमुखले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा व्यापक हवाई आक्रमणले सेनालार्य हिजबुल्लाह रहेका क्षेत्रमा प्रवेश गर्न मार्ग प्रशस्त गर्न सक्ने बताएपछि यस्तो वक्तव्य आएको खबरमा उल्लेख छ ।