युद्धविराम गर्न इजरायलको अस्वीकार

युद्धविराम गर्न इजरायलको अस्वीकार



काठमाडौं । इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ । इजरायलका विदेशमन्त्री इसरायल काट्जले उत्तरसँग युद्धविराम नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाई जारी राख्नेछ ।

यसअघि इजरायल र लेबनानबीचको सीमामा जारी द्वन्द्वका बीच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई पूर्ण शक्तिका साथ युद्ध जारी राख्न आग्रह गरेका छन् ।

१२ अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूले यो युद्ध रोक्न आह्वान गरेका छन् । जसको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भनेको छ, ‘युद्धविरामको खबरमा कुनै सत्यता छैन । यो अमेरिका र फ्रान्सको प्रस्ताव हो, जसको प्रधानमन्त्रीले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उत्तरी क्षेत्रमा द्वन्द्व कम गर्न निर्देशन समाचार पनि गलत छ । प्रधानमन्त्रीले इजरायली रक्षा बलहरूलाई पूर्ण शक्तिका साथ युद्ध लड्न जोड दिएका छन् र गाजामा पनि युद्धको उद्देश्य प्राप्त नभएसम्म जारी रहनेछ ।’