इन्स्पेक्टर बिनुमाथि ३० लाख रुपैयाँ लिएको आरोप

इन्स्पेक्टर बिनुमाथि ३० लाख रुपैयाँ लिएको आरोप


ग्लोब नेपाल
270
Shares

काठमाडौं । जनपद प्रहरीकी इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि ३० लाख रुपैयाँ लिएको आरोप लागेको छ । ललितपुर भैंसेपाटी प्रहरी प्रभागकी इन्चार्जसमेत रहेकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाएर निलम्बनमा राखिएको छ । उक्त प्रकरण छानबिनका लागि परिसरले डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ ।

हनी ट्र्यापिङको मुद्धा मिलाइ दिने भन्ने उनले एक पुरुषसँग ३० लाख लिएको आरोप छ । हनी ट्रयापको विषयलाई बलात्कार घटनामा परिणत गरेर फसाइदिने भन्दै बिनुले पैसा मागेको विषयमा उजुरी परेपछि उनलाई निलम्बनमा राखेर अनुसन्धान अघि बढाइएको हो । रकम लिएको पुष्टि हुने आधार फेला परेको छ ।

शाहीले आफ्ना दुई आफन्तको बैंक खातामा उक्त रकम जम्मा गर्न लगाएकी थिइन् । शाही यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहँदा जवानमाथि कुटपिट गरेर चर्चामा आएकी थिइन् । कञ्चनपुरमै रहँदा थुनुवामाथि ज्यादती गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।