छविलाललाई थप ७ दिन हिरासतमै राख्न अदालतकाे अनुमति

छविलाललाई थप ७ दिन हिरासतमै राख्न अदालतकाे अनुमति



पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

असोज ६ गते काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।

प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको हाे ।

प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् ।