कांग्रेसको शिक्षा विभागमा १० जना मनोनीत

कांग्रेसको शिक्षा विभागमा १० जना मनोनीत



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको शिक्षा विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।

शुक्रबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागलाई विस्तार गरेका हुन् ।

सभापति देउवाले विभागको सदस्यमा सिन्धुलीका प्रा.डा. कमलदीप ढकाल, खोटाङका राजकुमार आचार्य, महोत्तरीका पुजा पासवान, धादिङका हरिसिंह के.सी., काठमाडौंका त्रिविक्रम पाण्डे र काठमाडौंकै राजन श्रेष्ठलाई मनोनीत गरेका छन् ।

यस्तै, गोरखाका किरण भट्ट, दाङका लालमणि भण्डारी, दैलेखका खेमराज केसी र कैलालीका तारामान रावल पनि सदस्यमा मनोनीत भएको कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।