एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात 

एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात 



काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ ।

सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गरेको हाे ।

ललितपुरले पहिलो सेट २५-२० ले जितेको थियो भने तेस्रो सेट २५-२१ र चौथो सेट २५-१९ ले जितेको थियो । त्यस्तै काठमाडौंले दोस्रो सेट २५-२१ ले जितेको थियो ।

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल मधेश युनाइटेड र कर्णालीबीच हुने छ भने तेस्रो खेल चितवन शक्ति र गण्डकी ठण्डरबीच हुने छ ।