महान्त्री शर्माद्वारा नि:सहाय वृद्धवृद्धालाई सहयोग प्रदान

महान्त्री शर्माद्वारा नि:सहाय वृद्धवृद्धालाई सहयोग प्रदान



काठमाडौं । चाडवाडको अवसर पारेर नि:सहाय सेवा सदनका वृद्धवृद्धालाई खाद्यान्न तथा नगद सहयोग गरिएको छ । नेपाली काँग्रेस झापा एक सम्पर्क समितिको समन्वयमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सोमवार काठमाडौंको शान्तिनगरमा रहेको नि:सहाय सेवा सदनका वृद्धवृद्धालाई खाद्यान्न तथा नगद वितरण गर्नु भएको हो । सो सेवा सदनमा ४० जना वृद्धवृद्धा रहेका छन् ।

महामन्त्री शर्माले हरेक वर्ष बडा दशै शुरू हुनु पहिले नि:सहायहरूको लागि खाद्यान्न, लत्ताकपडा र नगद वितरण गर्दै आउनुभएको छ । महामन्त्री शर्माले नियमित रूपमा हरेक वर्ष गर्ने यस सामाजिक सेवाको समन्वय नेपाली काँग्रेस झापा एक काठमाण्डौ सम्पर्क समितिले गर्ने गरेको छ।