लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण

लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण


ग्लोब नेपाल
216
Shares

इजरायलले लेबनानको राजधानी बेरूतमा आक्रमण गरेको छ। हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा आक्रमण गरेको हो । यो पछिल्लो ठूलो आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इजराइली डिफेन्स फोर्सको दाबी छ। आक्रमणमा ७ जनाको मृत्यु भएको छ। मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन। समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इसराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो।

इजराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै लेबननका ५१ वटा ठाउँ तोकेर आम सर्वसाधारणलाई त्यहाँबाट भाग्न आग्रह गरेको थियो।

त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।