बंगलादेशमा मोबाइल फोन प्रयोगकर्ता १९ करोड २० लाख

बंगलादेशमा मोबाइल फोन प्रयोगकर्ता १९ करोड २० लाख


ग्लोब नेपाल
81
Shares

ढाका । बंगलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कूल संख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी) को तथ्याङ्कअनुसार दक्षिण यस एसियाली देशमा सन् २०२४ को अगस्टमा ग्राहकको सङ्ख्या १९ करोड २४ लाख ३० हजार पुगेको छ । हाल बङ्गलादेशमा चार मोबाइल कम्पनी छन् र तीमध्ये तीन विदेशी समर्थित सेल फोन अपरेटरहरू छन् ।

अगस्टको अन्त्यमा मोबाइल अपरेटरहरू ग्रामीण फोन, रोबी एक्जिएटा, बङ्गलालिङ्क डिजिटल कम्युनिकेसन र टेलिटक बङ्गलादेशका ग्राहकहरूको सङ्ख्या क्रमशः आठ करोड ५८ लाख, पाँच करोड ८३ लाख, चार करोड २४ लाख र छ करोड ५३ लाख रहेको बिटिआरसीको तथ्याङ्कले देखाएको छ ।

बङ्गलादेशमा सन् २०२३ को अन्त्यमा १९ करोड आठ लाख मोबाइल फोन ग्राहकहरू थिए ।