परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह


ग्लोब नेपाल
540
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान पुगेका छन । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पु पुगेको पूर्व राजाको सचिवालयले जानकारी दिएको छ ।

शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् ।

शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने कार्यतालीका रहेको छ ।