हिजबुल्लाहद्वारा इसराइलमाथि २ सय ३० वटा क्षेप्यास्त्र प्रहार

हिजबुल्लाहद्वारा इसराइलमाथि २ सय ३० वटा क्षेप्यास्त्र प्रहार


ग्लोब नेपाल
0
Shares

लेबनान संरक्षित हिजबुल्लाहले इसराइलमाथि २ सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ ।

हिजबुल्लाहले बिहीबार दिनभरमा २ सय ६० बढी क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था सीएनएनले जनाएको छ । इसरायली अधिकारी र हिजबुल्लाह दुवैले आक्रमणको पुष्टि गरेका छन् ।

लेबनानको दक्षिणी भू–भागमा पसेको इसराइली सैनिकमाथि जमिनबाट समेत हिजबुल्लाहले आक्रमण गरेको समाचारमा उल्लेख छ । यस्तै इरान समर्थित मिलिसिया समूहले पनि इसराइलमा ड्रोन हमला गरेका छन् ।

इसराइलले भने सबै ड्रोन हमल निस्तेज पारिएको दाबी गरेको छ । इसराइली अधिकारीहरुले हिजबुल्लाहसँग लडाईं जारी रहेको बताएका छन् । लेबनानमा बिहीबार मात्र इसराइली आक्रमणमा ३७ जना मारिएको त्यहँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मात्र १ सय ५१ जना घाइत भएका छन् ।