इजरायलविरुद्ध लड्न इरानी सर्वोच्च नेता खामेनेईले गरे आह्वान

इजरायलविरुद्ध लड्न इरानी सर्वोच्च नेता खामेनेईले गरे आह्वान



काठमाडौं । इरानका सर्वोच्च नेता अली खामेनेईले पाँच वर्षमा पहिलोपल्ट राजधानी तेहरानमा शुक्रबार प्रार्थनासभा सम्बोधन गर्दै फारसी र अरबीमा उपदेश दिए । उनले इजरायलमाथि आक्रमण गर्ने अरब समूहलाई आफ्नो समर्थन रहेको बताए ।

यो भाषण इस्लामिक गणराज्यद्वारा इजरायलमाथि १ अक्टोबरमा गरिएको ठूलो मिसाइल आक्रमणपछि इरानविरुद्ध इजरायलले पनि जवाफी आक्रमण गर्न सक्ने आशंकामाझ आएको हो । खामेनेईले मुस्लिम एकता र लेबनानमा प्यालेस्टाइनी तथा हिजबुल्लाहको रक्षा गर्नुपर्ने आह्वान गर्दैै भाषण सुरु गरेका थिए ।

उनले हमास र हिजबुल्लाहलाई इजरायलसँग लड्ने कानुनी अधिकार रहेको बताए । ‘प्रत्येक व्यक्तिलाई आक्रमणकारीविरुद्ध लड्ने अनि आफ्नो भूमि, घर, देश र हितको रक्षा गर्ने अधिकार हुन्छ,’ उनले भने, ‘हामीले अफगानिस्तानदेखि यमन, इरानसँग गाजा र लेबनानसम्म सबै इस्लामी देशमा रक्षाको संघर्ष गर्नुपर्ने हुन्छ । मैले चर्चा गर्न चाहेको यो पहिलो मुद्दा हो ।’