दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी


ग्लोब नेपाल
135
Shares

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै सडक भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साझँ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्धदुदा दुवै तर्फ सयौं सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केहि समय लाग्ने बताएको छ ।

यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।