लमजुङ। मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए ।
त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्तबहादुर (५७) ले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा गम्भीर निजको मृत्यु भएको हो।
अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती छन् । समयमा अस्पताल पु-याउन सकिएको भए निजको ज्यान जुगिनसक्ने तामाङका छिमेकीले बताएका छन् ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाने क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
प्रतिक्रिया