प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त



काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हिजो अर्थात् असोजको १९ गतेदेखि अनिवार्य अवकाश पाएपछि राउत प्रधानन्यायाधीस बनेका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ सालको चैतसम्म रहनेछ ।

यसअघि यही असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । उनी आठ वर्षअघि सर्वोच्चको न्यायाधीसमा नियुक्त भएका थिए । राउत देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिन्छन् ।