राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ । यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन् ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।