एनआरएनएले प्राप्त गर्ने दोहोरो नागरिकताबारे गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री

एनआरएनएले प्राप्त गर्ने दोहोरो नागरिकताबारे गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली (एनआरएनए) ले प्राप्त गर्ने दोहोरो नागरिकताबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग उपलब्ध गराउन पुगेका एनआरएनए अध्यक्ष डा.बद्री केसीसहितको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष डा. केसीले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि समस्या रहेको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले एनआरएनए नागरिकताबारे गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे । उनले संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन सुझाव दिए ।