कान्ति लोकपथ सञ्चालनमा

कान्ति लोकपथ सञ्चालनमा


ग्लोब नेपाल
54
Shares

मकवानपुर-ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् । संघीय सरकार मातहत रहेको कान्ति लोकपथ पुनर्निर्माण गर्न नेपाली सेनाको टोली समेत परिचालन गरिएको थियो ।

असोज ११ र १२ गतेको अविरल वर्षाले आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिकाको बगुवास्थित बागमती खोलामा निर्माण गरिएको पक्की पुलको पहुँचमार्ग बगाएको थियो ।

१२ वर्षअघि निर्माण गरिएको पुलको मकवानपुरतर्फको १५ दशमलव ७ मिटर स्ल्याब बाढीले बगाउँदा यो सडक अबरुद्ध बनेको थियो । पाँच मिटर चौडाई र ८७ मिटर लम्बाई भएको पुल २०६९ सालमा ५ करोड लागतमा निर्माण गरिएको थियो ।