सल्यानमा गाडी दुर्घटना : १६ जना घाइते

सल्यानमा गाडी दुर्घटना : १६ जना घाइते


ग्लोब नेपाल
54
Shares

सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीले जानकारी दिएका छन् । उनका अनुसार गाडी आज बिहान ४ बजे गाडी दुर्घटना भएको हो ।

२० यात्रु सवाल गाडीमा १६ जना घाइते भएका हुन । घाइते मध्य चारको अवस्था गम्भीर र १२ जनाको सामान्य रहेको छ । घाईते हुनेहरुमा कुमाख गाउँपालिका ३ का २२ वर्षका सन्तोष राना, ५५ वर्षका वसन्त भारती, ६० वर्षका वसन्ता भारती, कुमाख गाउँपालिका १ का २८ वर्षका विष्णुचन्द, ३४ वर्षका घनश्याम के.सी, १३ वर्षका सलिना शाही, २१ वर्षका दिपकनाथ योगी घाइते भएका छन् ।

यस्तै कुमाख गाउँपालिका ३ का २२ का पारस भारती, वर्ष १५ का विनोद नाथ योगी, वर्ष १८ का विनता नाथ योगी ,२३ वर्षका सम्झना भारती, ६ का २५ वर्षका हरि सुनार, ४ का वर्ष २० की सुजाता वुढाथोकी र २० वर्षका विन्दु लामिछाने रहेका छन् । गम्भीर घाइते पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

पश्चिम रुकुम चौरजहारी नजिक दुर्घटना स्थल रहेकाले सबै घाइतेहरूको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।