ट्रम्पको चुनावी अभियानलाई मस्कले ७५ मिलियन डलर दिएको खुलासा

ट्रम्पको चुनावी अभियानलाई मस्कले ७५ मिलियन डलर दिएको खुलासा



काठमाडौं । विश्वका धनी व्यक्तिमध्येका एक एलन मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि ७५ मिलियन अमेरिकी डलर दिएको खुलेको छ ।

सरकारी अनुसन्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग रकम लिएको खुलेको हो ।

मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् । सरकारी अनुसन्धान अधिकारीका अनुसार एलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब ७५ मिलियन डलर रकम दिएको खुलेको हो ।

अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् भने रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई नै उम्मेदवार बनाएको छ । चुनाव नोभेम्बर ५ मा हुँदैछ ।