धौलागिरिमा ज्यान गुमाएका रुसी पर्वतारोहीको शव काठमाडौं ल्याइयो

धौलागिरिमा ज्यान गुमाएका रुसी पर्वतारोहीको शव काठमाडौं ल्याइयो



काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका उनीहरूको शव आज सङ्कलन गरी हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

एअर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको पाँज जना शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । काठमाडौं ल्याइएका शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव गएको २३ गते दिउँसो भेटिएको थियो । हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेका शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।